जब गुडिरहेको माइक्रो बस घरभित्र पस्यो…

काठमाण्डु टुडे २०८१ असोज २० गते १०:२४ मा प्रकाशित

दाङ, २० असोज– दाङको तुलसीपुर उपमहानगरपालिका– ७ डाँडापातुवामा गुडिरहेको माइक्रो बस अनियन्त्रित भएर घरभित्र पसेको छ ।

तुलसीपुरबाट रुकुमपश्चिमका लागि छुटेको बा।प्र०३–००१ ज७७२ नम्बरको माइक्रो बस तुलसीपुर उपमहानगरपालिका– ७ का खिमबहादुर मल्लको घरभित्र पसेको हो । माइक्रोमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुघृटानमा चालकसहित केही घाइते भएका छन् ।

चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ४ का २५ वर्षीय कुमार सन्यासी, यात्रुहरु सल्यानको शारदा नगरपालिका– ७ की २४ वर्षीया कल्पना चलाउने र उनकी छोरी ८ वर्षीया निर्मला चलाउने, सल्यान बागचौर नगरपालिका–७ का २७ वर्षीया सपना चलाउने, जाजरकोट भेरी नगरपालिका– ४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर विक घाइते भएका छन् ।

घरमा भाडामा बस्दै आएका १२ वर्षीय रणवीर नेपाली पनि घाइते भएको प्रहरीले जनाएको छ ।

 

घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us