काठमाण्डू, १९ असोज-गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायत प्रभावित जिल्ला र पालिकाहरूलाई क्षतिको विवरण छिटो पठाउन आग्रह गरेका छन् ।
शनिबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन आग्रह गरे । लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराइने प्रतिबद्धता उनले जनाए ।
बाढीपहिरोबाट ठूलो जनधन क्षति भएको विषयमा सरकारको गम्भीर रहेको लेखकको भनाइ थियो ।
मृतकका परिवारलाई राहत स्वरुप दिने भनिएको दुई लाख रुपैयाँ पीडितको घरमै पुगेर वितरण भइरहेको तथा घाइतेहरूको निःशुल्क उपचार भएको उनको भनाइ थियो ।
बाढी पहिरो प्रभावित पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर सरकार सम्पूर्ण रुपले राहत, पुनर्स्थापना र पुनःनिर्माणमा जुटेको लेखकले बताए ।
कार्यक्रममा गृहमन्त्री लेखकले ग्रामीण भेगमा नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपतकालीन हेली उद्धार तथा संरक्षणको मागसहित एक महिनादेखि आमरण अनसन बसेका तेह्रथुमका ४२ वर्षीय दीपक सिलवाललाई जुस खुवाएर अनशन अन्त्य गराए ।