कञ्चनजंघा आधारशिविर क्षेत्रमा पर्यटकका सहयोगीको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १९ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, १९ असोज– कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राई रहेका छन ।

फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुङ्गाले लागेर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले निजको शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रहरीले जानकारी दिएको छ । उक्त टोलीका अन्य सबै सदस्य सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us