काठमाण्डु, १९ असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन । आज शनिबार नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन ।
उनले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको पनि बताएका छन ।
उनले डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भुमिका एनटिसीले निर्वाह गर्नुपर्ने भन्दै डिजिटल नेपालको लागि पूर्वाधार विकास गर्न निर्देशन समेत दिएका छन ।
उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीन तहकै सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राखे आम नागरिकहरुले सरकारी सेवा सुविधा नलिन कठिनाइ भोग्नु नपर्ने पनि बताएका छन । १० ठाउँमा चहार्नुपर्ने अवस्था डिजिटल नेपालपछि अन्त्य हुने र एकै ठाउँबाट सबै कामहरु गर्न सकिने पनि बताएका छन ।
उनले खर्चको कमी र भ्रष्टाचारको अन्त्य पनि डिजिटल नेपालबाटै सम्भव रहेको पनि बताएका छन । उनले भने, ‘अहिले प्रधानमन्त्रीज्युले विशेष चासो र महत्व दिनुभएको भनेको डिजिटल नेपाल पहिलो एजेण्डा हो । डिजिटल नेपालको लागि मैले अहिले पोलिसीको बारेमा छलफल चलाइरहेको छु । डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनेको हाम्रै संस्था हो । यसको पूर्वाधार जति बलियो हुँदै गयो, त्यसैले हामीले त्यो काम चाँडै सम्पन्न गर्नुपर्छ ।
यसको क्षमता र गुणस्तर जति बढ्दै गयो, यसको कभरेज जति बढ्दै गयो त्यति नै राम्रो हो । यसले पहिलो कुरा खर्च घट्छ र दोस्रो कुरा करप्शन हुँदैन । पहिलो चरणमा यो पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, सरकारी क्षेत्र, बिजनेस, एआईको पनि पोलिसी बनाउँदैछौँ । जेजे भनेपनि पूर्वाधार सम्बन्धी काम त यसकै हो । यसको पूर्वाधार तयार बनाउने भनेको टेलिकमकै हो ।’