काठमाण्डु, १९ असोज– रौतहट कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक युवकको शव भेटिएको छ । उक्त शवको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको हो । शुक्रवार साँझ सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा वेश जंगलशैया र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले उक्त शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको सशस्त्रका एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन ।
शवको प्रकृति हेर्दा केही दिन अघि नदीमा आएको बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने एसपी हुमागाईँले जानकारी दिएका छन । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन ।