हेटौंडाबाट ८ किलो सुनसहित दुई भारतीय पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १९ गते ११:१७ मा प्रकाशित

हेटौंडा, १९ असोज-प्रहरीले मकवानपुरको हेटौंडाबाट ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टबाट शनिबार बिहान ३ बजेतिर उनीहरु सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाड रहेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।

विषेश सूचनाका आधारमा पथलैयाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटर रोकेर जाँच गर्दा सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

सुन पक्रन खड्का आफैं टोलीको नेतृत्व गरेर चेकपोष्ट गएका थिए । 

त्यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एसपी खड्काले

उनीहरुले सुन काठमाण्डु लैजांदै थिए । पक्राउ परेका दुवैजना  यसअघि पनि सुन तस्करीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

बरामद सुनको बजार मूल्य ११ करोड ४३ लाख ५८ रूपैयाँ रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us