
काठमाण्डु, ७ भदौ– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई समी युवा प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।
समी साहित्य प्रतिष्ठानले विश्वकप खेलेको नेपाली टोलीका कप्तान पारसलाई सम्मान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका सचिव श्रीओम श्रेष्ठका अनुसार यो पुरस्कार असोज ५ मा प्रदान गरिनेछ ।
प्रतिष्ठानले वरिष्ठ साहित्यकार तथा संस्कृतविद् तेजेश्वरबाबु ग्वंगःलाई मुख्य विधाको साहित्य साधना सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनद्वारा विगत चार वर्षदेखि प्रदान गर्दै आएको साहित्य साधना सम्मानद्वारा यसअघि वरिष्ठ साहित्य साधक गणेशबहादुर प्रसाई, मंगलकुमार नेपाल, मोहनहिमांशु थापा र वसन्तकुमार शम्र्मा नेपाल सम्मानित भइसकेका छन् ।