दाङ, १९ असोज-११ वर्षीया बालिका बलात्कार आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन् ।
दाङको राजपुर गाउँपालिका – २ का ४० बर्षीय धर्मराज यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरीका प्रवक्ता डिएसपी इश्वर थापाले वनमा दाउरा लिन जाँदै गरेकी ११ वर्षीया एक बालिकालाई शुक्रबार यादवले आफ्नै घरमा लगेर बलात्कार गरेको आरोपमा पीडित परिवारले उजुरी दिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गढवामा पीडित बालिकाले यादवविरुद्ध उजुरी दिएको प्रहरी निरीक्षक कालिका कार्कीले बताइन् ।