दाउन्नेमा फेरि भासियो सडक

काठमाण्डु टुडे २०८१ असोज १८ गते २०:०० मा प्रकाशित

पश्चिम नवलपरासी,१८ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डमा पर्ने पश्चिमनवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेमा फेरि सडक भासिएको छ ।

खुर्सानी खोला नजिकै शुक्रबार फेरि सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जाकनारी दिए । उनका अनुसार भासिएको सडकको मर्मत भइहेको छ ।

सडक भासिएका कारण राजमार्ग अवरुद्ध हुँदा पुर्वबाट पश्चिम र पश्चिमबाट पूर्व हिंडेका सयौं सवारी साधन रोकिएका छन् । यसअघि प्रसारण गत १४ असोजमा पनि सोही क्षेत्रमा सडक भासिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us