४० बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस

काठमाण्डु टुडे २०८१ असोज १८ गते १९:५३ मा प्रकाशित

काठमाण्डु, १८ असोज– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानबाट प्रभावित ४० स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ ।

प्राधिकरण कार्यकारी समितिको २६औं बैठकले शुक्रबार बाढीपहिरो र डुबानबाट प्रभावित १२ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले प्रभावित जिल्लाका ४० बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

उक्त संख्यामा मन्त्रिपरिषदबाट थपघट हुन सक्ने उनको भनाइ छ ।

विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएका स्थानीय तहहरुमा पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनलगायत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us