२० दिनपछि स्वदेश फर्किइन् आरजुः स्पोर्टर्स डिप्लोमेसीमा आफू सफल भएको दाबी

काठमाण्डु टुडे २०८१ असोज १८ गते १९:३६ मा प्रकाशित

काठमाण्डु, १८ असोज– परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी हुन् ।
क्यानडा, अमेरिका, कतार हुँदै उनी शुक्रबार स्वदेश फर्किएकी हुन् ।

पछिल्लोपटक राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा सभागी भएकी थिइन् ।

क्यानाडाको टोरन्टोमा असोज ३ र ४ मा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकबाट उनी संयुक्त राष्ट्रंघको ७९औँ महासभामा सहभागी अमेरिकाको न्यूयोर्क पुगेकी थिइन् ।

प्रधानमन्त्री केपी ओली महासभामाबाट १४ असोजमा स्वदेश फर्किए पनि राणा उतै बसेकी थिइन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउन फलदायी भएको दाबी गरिन् ।

राणाले आफूले स्पोर्टर्स डिप्लोमेसीका लागि समेत वातावरण बनाएर फर्किएको बताइन् ।

नेपालमा माउन्टेनियरिङ र वाटर र्‍याफ्टिङको सम्भावना रहेको र त्यसमा नेपालले नेतृत्व लिन सक्ने कुरा बताएको उनको भनाइ थियो ।

मन्त्री राणा गत भदौ ३१ गते क्यानडा प्रस्थान गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us