सशस्त्र प्रहरीद्वारा सईसहित आफ्नै तीन कर्मचारी पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १८ गते १९:०५ मा प्रकाशित

कैलाली, १८ असोज– भन्सार नतिरी भारतबाट सामान ल्याउन खोज्ने सशस्त्र प्रहरीका तीन जना कारबाहीमा परेका छन् ।

विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको आरोपमा मद्धति सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) अमर विष्ट, हवल्दार मोहन भट्ट र सहायक हवल्दार रामबहादुर कुवर छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी कुमार न्यौपानेले नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले उनीहरुविरुद्ध विभागीय कारबाही अगाडि बढाएको जानकारी दिए ।

न्यौपानेका अनुसार तीन जनाले काार्यलय प्रयोजनका लागि भन्दै त्रिनगर भन्सार कार्यालयबाट भन्सार नतिरी कपडा ल्याउन खोजेका थिए ।

उत्त सूचनाका आधारमा ३४ गण कैलालीले तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us