एक वर्षमा ३ हजारले लिए एनआरएन नागरिकता

काठमाण्डु टुडे २०८१ असोज १८ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, १८ असोज– पछिल्लो एक बर्षको अवधिमा करिब तीन हजारले गैरआवासीय नेपाली नागरिकता लिएका छन । दुई हजार ९४७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कमा उल्लेख गरीएको छ ।

एक हजार ८६६ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने संख्या २३७ मात्रै रहेको थियो । गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको संख्या बढेको हो ।

नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भए तापनि त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो ।

नेपाल कानून आयोगले गत भदौ २७ गते प्रकाशित गरेको ‘गैर आवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कार्यान्वयन सम्बन्धी अध्ययन’ प्रतिवेदन अनुसार यस अवधिमा ६९ जिल्लाबाट गैर आवासीय नेपाली नागरिकता जारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us