कर्मचारी भर्ना प्रक्रिया चाँडो नगरे सत्याग्रह सुरु गर्ने डा.केसीको चेतावनी

काठमाण्डु टुडे २०८१ असोज १८ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, १८ असोज– डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखाको रुपमा सन्चालन भएको दाबी गरेका छन ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले वर्तमान कार्यकारी उपाध्यक्ष र पदाधिकारीले ऐनमा उल्लेख भए अनुसार आफ्नै कर्मचारी क्रमशः राख्न छोडेर भएका कर्मचारीलाई सरुवा गरी भ्रष्ट कर्मचारीलाई लैजाने प्रकृया रहेको आरोप लगाएका छन ।

डा. केसी द्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘आयोगमा आठ महिनाभन्दा बढी समयसम्म निर्देशकहरू नियुक्त नहुँदा पनि कुनै पहल नगरेका आयोगका उपाध्यक्षले विचौलियासँगको मिलोमतोमा ८० प्रतिशत उपसचिव लगायत १० जना कर्मचारीलाई एकैपटक सरुवा गराई आयोगको संस्थागत स्मृतिलाई नामेट गर्ने प्रयत्न गर्दैछन् ।’

उनले आयोगले आफ्नै कर्मचारी भर्ना प्रकृया यथासक्य चाँडो नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन । ऐनमा प्रावधान भए बमोजिम क्रमशः आयोगको आफ्नै कर्मचारी नियुक्त गर्ने प्रक्रिया यथासक्य चाँडो सुरू नगरी ऐनद्वारा स्वायत्त निकायका रुपमा स्थापित संस्थालाई मन्त्रालयको एउटा शाखाको रुपमा परिणत गरी अहिलेसम्म चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आयोगले गरेको सुधारका कार्यहरू सुनियोजित ढंगले उल्टाउने प्रयास भएको उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us