किशोरीमाथि करणी गरेको आरोपमा २ युवा पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १८ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, १८ असोज– प्रहरीले कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । जानकी गाउँपालिका–२ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जबरजस्तीकरणी गरेको उजुरीका आधारमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

किशोरीमाथि किशोरले भदो तेस्रो हप्ता आफ्नै घरमा बोलाएर जबरजस्तीकरणी गरेको आरोप छ भने दर्लामीमगरले पनि भदौ चौथो हप्ता छिमेकीको घरमा बोलाएर करणी गरेको आरोप लागेको उनले जानकारी दिएका छन । दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us