परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै

काठमाण्डु टुडे २०८१ असोज १८ गते १३:०० मा प्रकाशित

काठमाण्डु, १८ असोज– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कंदै छिन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री राणा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ता सकेर आज (शुक्रबार) नेपाल फर्कन लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री देउवा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कंन लागेकी हुन् ।

दोहामा आयोजित सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री देउवाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् ।

सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us