बिहे गर्न बोलाएर किशोरीमाथि सामूहिक बलात्कार

काठमाण्डु टुडे २०८१ असोज १८ गते १२:५० मा प्रकाशित

दाङ, १८ असोज-दाङको गढवा-५ मंघरमा एक किशोरीको सामूहिक बलात्कार भएको छ ।

बिवाहको प्रलोभन देखाएर १९ वर्षीया युवतीलाई असोज १६ गते राति ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

दाङ प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाका अनुसार गढवा-५ चैनपुरका १९ वर्षीय किरण चौधरीले बिहे गर्ने भन्दै किशोरीलाई फोन गरेर मंघरमा बोलाएका थिए ।

विहे गर्न भनेर बोलाइएकी किशोरीमाथि किरणसहित सोही ठाउँका २४ वर्षीय संजित चौधरी,१९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दिप चौधरीले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न चारै जनालाई प्रहरी पक्राउ गरी जबर्जस्ती करणीको कसुरमा मुद्धा दर्ताको तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us