ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते

काठमाण्डु टुडे २०८१ असोज १८ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, १८ असोज– काभ्रेको रोशी गाउँपालिका–१० स्थित वाल्टिङमा ढिस्को खस्दा बालक घाइते भएका छन् । भाग्ने क्रममा रामकुमार ठकुरीको छोरा १४ वर्षीय विजय ठकुरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनको दुवै हात भाँचिएको इलाका प्रहरी कार्यालय मंगलटारका इनस्पेक्टर कृष्ण गिरीले जानकारी दिएका छन । इन्स्पेक्टर गिरी नेतृत्वको टोलीले उनलाई उद्धार गरेर मंगलटार ल्याउँदै छन् । उनलाई हेलिकप्टरमार्फत धुलिखेल पठाउन लागिएको गिरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us