सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते

काठमाण्डु टुडे २०८१ असोज १८ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, १८ असोज– सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटनामा परेको छ । आज शुक्रबार काठमाण्डुबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परी १५ जना घाइते भएको पनि सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

हायसमा १९ जना सवार रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us