बाइस लाख रकमसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १८ गते ९:४२ मा प्रकाशित

काठमाण्डु, १८ असोज– प्रहरीले महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरा र सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अली रहेको प्रहरीले जानकारी दिएको छ ।

मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज रु १० लाखसहित महरालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

ज–७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी बुधबार प्रहरीले स्रोत नखुलेको रु १२ लाखसहित अलीलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । प्र २–०२–००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धन तथा कारबाही प्रक्रिया सुरु गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us