काठमाण्डु, १८ असोज– चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका–६ का ३४ बर्षीय जग्दु सिंह रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबाहादुर पुनमगरले जानकारी दिएका छन ।
पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट सिंहको मृत्यु भएको उनले जानकारी दिए । उनले भने, ‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ ।
सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो ।’ जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएको प्रमुख पुनमगरले जानकारी दिए ।