चितवन, १८ असोज– चितवन राष्ट्रिय निकुञ्जमा हात्ती आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।
पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।
खोरसोर नजिकको पुल क्रस गरेर आउँदै गर्दा उनीमाथि सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख डिलबहादुर पुर्जामगरले जानकारी दिए ।
जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएका छन् ।