नहरमा डुबेर नाबालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १७ गते १८:४० मा प्रकाशित

विराटनगर, १७ असोज– मोरङको बेलबारी नगरपालिका–८ मा नहरले बगाएर बिहीबार नाबालकको मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले स्थानीय मेघराज कटवालका २ वर्षीय छोरा दिप्सनको नहरमा बगेर मृत्यु भएको जानकारी दिए ।

घर नजिकै नहरमा खेल्ने क्रममा डुबेका बालकको शव घरबाट करिब १ किलोमिटर दक्षिणस्थित धानखेतमा फेला परेको कार्कीले बताए ।

शवलाई पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us