विराटनगर, १७ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र ५ को सिमाना दुलारीमा दुई वटा बस आपसमा ठोक्किएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७२१६ र विपरीत दिशामा रहेको मे१ख २६२८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।
लम्सालका अनुसार दुर्घटनामा दुवै बसमा सवार ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइतेमध्ये अधिकांश महिला रहेको र उनीहरुको विराटनगर र इटहरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेका दुवै बस क्षतिग्रस्त अवस्थामा छन् ।
दुईमध्ये एउटा बसको चालक घाइते भएको र अर्कोका चालक फरार रहेको प्रहरीको भनाइ छ ।