मोटरसाइकल डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १७ गते १८:२७ मा प्रकाशित

गोरखा, १७ असोज– गोरखामा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

बा४२प ७९८३ नम्बरको मोटरसाइकल दिउँसो दुई बजे गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा भीमसेनथापा गाउँपालिका–२ तान्द्राङका ३४ वर्षीय टीकाराम लामिछानेको मृत्यु भएको हो ।

लामिछाले गोरखाबजारबाट आँबुखैरेनीतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको गोरखा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us