नवलपरासीमा साढे ६ वर्षीया बालिका बलात्कृत

काठमाण्डु टुडे २०८१ असोज १७ गते १८:१५ मा प्रकाशित

नवलपरासी, १७ असोज– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा साढे ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकामाथि गत २६ भदौमा शौचालय जाने क्रममा कक्षा ९ मा पढ्ने १४ वर्षीया किशोरले बलात्कार गरेका हुन् । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयको प्रतिवेदनमा २६ भदौको राति साढे ८ बजेतिर खाना खाएर कोठा नजिकै शौचालक गएका बेला बालिकामाथि बलात्कार भएको उल्लेख छ ।

लामो समयसम्म छोरी शौचालबबाट नफर्किएपछि खोजी गर्दा घर नजिकै कुखुराको घोरमा बलात्कृत अवस्थामा भेटिएको बालिकाकी आमाले बताएकी छन् ।

बालिकाले शौचालयबाट बाहिर निस्किने क्रममा हातमा तानेर खुकुराको खोरसम्म लगेर बलात्कार गरेको बताएकी छन् ।

आफूलाई पीडा भएपछि रोएको र त्यसपछि बलात्कारीले आफ्नो मुख थुनिदिएको उनको भनाइ छ ।

पीडितकी आमाले घटनाको भोलिपल्ट जिल्ला प्रहरीमा २७ भदौमा बलात्कार मुद्धा दायर गरेकी थिइन् ।

प्रहरीले कलात्कारमा संलग्न किशोरलाई पक्राउ गरिसकेको छ । स्वास्थ्य परीक्षण र बयानबाट बालिका बलात्कृत भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।

१० वर्षभन्दा कम उमेरकी बालिकामाथि बलात्कार गर्नेलाई आजीवन काराबासको सजाय हुने कानूनी व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us