ओलीलाई मोदीको सन्देशः विपद्‍का बेला भारत नेपालको साथमा छ

काठमाण्डु टुडे २०८१ असोज १७ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, १७ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन । भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत यस्तो सन्देश पठाएका छन ।

नेपालमा बाढी–पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएका छन ।

नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशबारे राजदूत श्रीवास्तवले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us