काठमाण्डु जोड्ने दुई राजमार्गमा नसोचेको क्षति भयोःमन्त्री दाहाल

काठमाण्डु टुडे २०८१ असोज १७ गते १७:२० मा प्रकाशित

काठमाण्डु, १७ असोज– भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशको संघीय राजधानी काठमाण्डु र अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका छन ।

उनले बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न प्राथमिकताका साथ काम भइरहेको पनि बताएका छन । आज बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउका हुन । उनले प्राकृतिक विपत्तिसँग जुध्न नसकिने भन्दै यससँग सम्झौता गरेरै जानु पर्ने पनि बताएका छन ।

मन्त्री दाहालले अहिले वैकल्पिक सडकहरुबाट यातायात सूचारु गरिएको र त्यहाँ चल्ने सवारी साधनले केही बढी भाडा लिएको भए पनि आँखा चिम्लनु परेको पनि बताएका छन ।

तर, धेरै नै भाडा लिएको गुनासो आए अनुगमन गरी कारवाही गरिने उनले बताएका छन । काठमाण्डु–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारवाही हुने उनको भनाई छ । यो सडकमा अहिलेसम्म नभएको ठूलो दुर्घटना भएको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us