काठमाण्डु, १७ असोज– प्रहरीले कैलाली टिकापुर नगरपालिका–०४ बाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कौलालीको टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने वर्ष २१ का ध्रुव साउद र वर्ष २४ का देवराज साउद सत्ती रहेको प्रहरीले जानकारी दिउको छ ।
उनीहरुलाई ३ ग्राम १२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । दुबैजनालाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।