काठमाण्डु, १७ असोज– बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाई १८ किलोमिटर छ ।
त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले (बासआउट भएको) बगाएको भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले जानकारी दिएका छन ।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन । उनले भने, ‘पहाड काटेर सडक बनाउने अवस्था छैन ।’
नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सुचारु गर्ने प्रयास हुने पनि उनले जानकारी दिएका छन । उनका अनुसार असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका सडकहरुमा अस्थायी संरचनना बनाउन मात्र साढे २ देखि ३ अर्ब लाग्ने अनुमान छ ।