हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १७ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, १७ असोज– झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ ।

आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिएका छन ।

उनले भने, ‘जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो ।’ घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ ।

मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ ।’ झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us