चितवनबाट काठमाण्डु आउँदै गरेका नरेन्द्र झ्याप्ले खोलामा मृत भेटिए

काठमाण्डु टुडे २०८१ असोज १७ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, १७ असोज– चितवनबाट काठमाण्डु आउँदै गरेका नरेन्द्र खत्री झ्याप्ले खोलामा मृत अवस्थामा फेला परेका छन । असोज ११ मा दिउँसो १ बजेतिर उनी माइक्रोबसमा चढेर काठमाण्डु तर्फ लागेका थिए ।

नरेन्द्र खत्रीको शव धादिङको धुनीवेशी नगरपालिका स्थित झ्याप्लेखोला पहिरोमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलावालले जानकारी दिएका छन ।

६५ वर्षीय खत्री चन्द्रागिरी नगरपालिका वडा नम्बर–१ का स्थानीय हुन । हिमालयन डिस्टीलरीमा कार्यरत उनको शव सनाखत गरेर परिवारले दाहसंस्कार गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us