आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

काठमाण्डु टुडे २०८१ असोज १७ गते १२:२० मा प्रकाशित

काठमाण्डु, १७ असोज– आज बिहिबारदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ। वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको छ ।

सर्वेच्च अदालतले आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराएको छ । विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us