काठमाण्डु, १७ असोज– भारी वर्षाका कारण बिहीबार बिहान विराटनगर विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ ।
खराब मौसमका कारण काठमाण्डुबाट विराटनगरका लागि उडेको श्री एयरलाइन्सको विमान आधा घण्टा आकाशमै होल्ड थियो ।
विमानस्थलमा पर्याप्त भिजिबिलिटी नभएपछि जहाजले विराटनगरको आकाशमा ६ फन्को लगाएको थियो ।
बिहान करिब ८ बजेपछि विमानस्थल खुलेसँगै जहाज अवतरण भएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।
विराटनगर विमानस्थल प्रमुख सुभास झाले भारी वर्षा र अत्याधिक हावाहुरीका कारण केही समय विमानस्थल बन्द गर्नुपरेको बताए ।
कोशी प्रदेशमा बिहीबार रातिदेखि नै भारी वर्षा भइरहेको छ ।