उपत्यकामा बिहानैदेखि भारी वर्षा

काठमाण्डु टुडे २०८१ असोज १७ गते ५:२२ मा प्रकाशित

काठमाण्डु, १७ असोज- काठमाण्डु उपत्यकामा बिहानैदेखि वर्षात सुरु भएको छ ।

जल तथा मौस विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसअघि नै सूचना जारी गरी कोसी, बागमती र मधेस प्रदेशमा तीन दिन वर्षा हुने जनाएको थियो ।

विभागले बाढीपहिरो तथा डुबानको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

यस्तै कोशी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us