काठमाण्डू, १६ असोज- कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईमाथि लुटपाट प्रयास भएको छ ।
उदयपुरको बेलका नगरपालिका– ८ सिरवानीमा मंगलबार राति राईमाथि लुटपाट प्रयास भएको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेर विराटनगर फर्कने क्रममा राति १० बजेतिर ६ जनाको समूहले राज्यमन्त्री राईमाथि लुटपाट प्रयास गरेको बताए ।
लुटेरा समूहले राज्यमन्त्री रीई सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट प्रयास गरेको थियो ।
चालकले गाडी नरोकी तीव्र गतिमा कुदाएको लुटेराले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।
आक्रमकणमा संलग्न सबै ६ जना नै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलकाकै आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राई छन् ।
उनीहरुले विगतमा पनि रातिको समयमा बाटो ढुकेर लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ ।