काठमाण्डु, १६ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक केन्द्रीय दैवीप्रकोप राहत कोषमा उपलब्ध गराउने भएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उक्त जानकारी दिए ।
यस्तै राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले एक साताको तलब राहत कोषमा दिने निर्णय भएको उनले बताए ।