काठमाण्डु, १५ असोज– आज (बुधबार) बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वेच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ ।
आजको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो । यसअघि आजै राउतमाथि संसदीय सुनुवाइ भएको थियो । उनले २४ बुँदे योजना पेस गरेका थिए ।
संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।