काठमाण्डू, १६ असोज- प्रधानन्याधीशमा सिफारिस सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतले अदालतमा बिचौलिया रहेको स्वीकार गरेका छन् ।
संसदीय सुनुवाई विषेश समिति बैठकमा सुनावाईका लागि बुधबार उपस्थित भएका राउतले कार्ययोजना प्रस्तुत गर्दै न्यायसम्पादनमा बिचौलियाले चलखेल गर्ने गरेको स्वीकार गरे ।
एमाले सांसद् ईश्वरी घर्तीले यसअघिका प्रधानन्यायाधीशहरुले पनि बिचौलिया रहेको बताएको भन्दै उनले ती राजनीतिक दलका नेता कार्यकर्ता, व्यापारी, अदालतका कर्मचारी वा अरु कोही हो सार्वजनिक गरिदिन भनेकी थिइन् ।
जवाफमा राउतले व्यक्ति किटान गर्न नसकिने बताए । अदालतमा सुष्म बिचौलिया रहेको भन्दै उनले सुष्म निगरानी संयन्त्र बनाएर बिचौलिया नियन्त्रण गर्ने उल्लेख गरे ।
बिचौलिया नियन्त्रणसम्बन्धी कानून नरहेकाले कानून निर्माण गरिदिन सांसदहरुलाई आग्रह गरे ।