श्रीमतीसंगको सम्बन्ध टुटेको विषयमा धेरै बोल्न चाहन्नः प्रस्तावित प्रधानन्यायाधीश राउत

काठमाण्डु टुडे २०८१ असोज १६ गते १६:१७ मा प्रकाशित

काठमाण्डू, १६ असोज- प्रधानन्याधीशमा सिफारिस वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो वैवाहिक जीवन सफल हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

संसदीय सुनवाई विषेश समिति बैठकमा बुधबार कार्ययोजना प्रस्तुत गर्दै उनले संगै बस्न नसक्ने भएपछि सहमतिमै पारपाचुके भएको प्रष्टीकरण दिए ।

सिंहले महिला अस्मिताको सम्मान गर्दै श्रीमतीसंगको सम्बन्ध टुटेको विषयमा थप बोल्न नचाहने उल्लेख गरे ।

संवैधानिक परिषदले संवैधानिक निकायका प्रमुख र सदस्यको संसदीय सुनवाई गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सिंहलाई समितिले बोलाएको हो ।

घरेलु हिंसा गरेको र जबर्जस्ती सम्बन्ध विच्छेद  गर्न खोजेको भन्दै राउत पत्नीले सम्बन्ध विच्छेद मुद्धा दायर गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us