काठमाण्डु, १५ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईं आज मंगलबार काठमाण्डु जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
मंगलबार नै काठमाण्डु जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए । प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।
सरकारी वकिल कार्यालय काठमाण्डुले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप रहेको छ ।