नेपालमा गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिक पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १५ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, १५ असोज– प्रहरीले नेपालमा गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि समाप्त पश्चात गैरकानूनी तवरले बसिरहेका बंगलादेशीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा कार्यालयको विशेष टोलीले राजधानीको ठमेल तथा सोह्रखुट्टे एरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us