सरकारको पूर्वतयारीभन्दा ठूलो विपद् आएकाले केही कमजोरी भयो: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ असोज १५ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, १५ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्वामानुमान नभएको बताएका छन । गत असोज ११ र १२ गते भएको भारी वर्षासँगै आएको बाढी पहिरो र डुबानले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारले पूर्व तयारी गर्न नसकेको स्विकार गरेका छन ।

उनले अगाडि भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन, ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो’ उनले भने ।

विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीले बताएका छन । ओलीले भने, ‘केही गर्दै नगरेको होइन । सक्दो गरेको छ’, उनले अगाडि भने, ‘केही कमजोरी भएको हुनसक्छ । भएको छ भने आगामी दिनमा सच्याउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us