काठमाण्डु, १५ असोज– आज बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको कडा आलोचना गरेका छन ।
उनले प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणबाट फर्किएपछि बाढीपहिरोबारे जथाभाबी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन ।
कांग्रेसको संसदीय दलको बैठकमा उनले भने, ‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ ।
उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको रु यो ठिक भएन ।’ एक सांसदका अनुसार बैठकमा कांग्रेस सांसद राजन केसीले बाढी पहिरोको उद्धारमा सरकार चुकेको धारणा राखे ।
‘खै कहाँ भयो भौतिक उपस्थित रु नख्खुमा किन त्यस्तो भयो रु डोरी र डुंगा लिएर समयमा सरकार किन पुगेन रु सरकार विपद्मा चुक्यो । यो राम्रो भएन ।’ विपद्बारे पूर्वसूचना हुँदाहुँदै पनि सरकार चुक्नु राम्रो नभएको उनको धारणा थियो ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले जोखिमका बिच उद्धार गरेको भन्दै बचाउ गरे । ‘हामीले ३३ प्रतिशत उद्धार गरेको उच्च जोखिमबाट हो । उद्धार नगरेको भए झन् ठुलो क्षति हुन्थ्यो’, उनको भनाइ थियो ।