काठमाण्डु, १५ असोज– सत्तारुढ दल कांग्रेसले हवाई भाडादर घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । आज (मंगलबार) नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको कांग्रेस सांसद श्याम घिमिरेले जानकारी दिएका छन ।
सथै बैठकले नागरिकलाई सुरक्षित घर पुराउन सरकारसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको सांसद घिमिरेले जानकारी दिएका छन।
उनले भने,‘१० दिनसम्म नभेटिएका व्यक्तिका परिवारलाई राहत दिन अनुरोध गर्ने निर्णय भएको छ । प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन पनि अनुरोध गरिने छ ।’