दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

काठमाण्डु टुडे २०८१ असोज १५ गते १६:४४ मा प्रकाशित

काठमाण्डु, १५ असोज– जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

जिल्ला अदालत काठमाण्डुका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् ।

प्रहरीको साइबर ब्युरोको असोज ६ मा भक्तपुरको घरबाट प्रसाईंलाई पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाण्डुले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।

युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us