बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनामा एमालेको जोड

काठमाण्डु टुडे २०८१ असोज १५ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, १५ असोज– आज मंगलबार बसेको एमाले संसदीय दलको बैठकले गएको बिहिबारदेखि सनिबारसम्म भएको अविरल वर्षाको कारण आएको बाढिपहिरो र डुबान प्रभावितहरूको सहयोगमा जुट्न राजनीतिक दल तथा नागरिक समाजसहित सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले जानकारी दिएकी छन । बैठक पछि एमाले सचेतक बरालले भनिन्, ‘बाढिपहिरो प्रभावितहरूलाई जतिसक्दो सहयोग गर्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ, ‘विपदमा परेका नागरिकहरूलाई सबैले सक्दो सहयोग गरेर मल्हम पट्टि लगाउनुपर्छ भनेर अपिल गर्ने निर्णय गरेका हौँ ।’

साथै बैठकले प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने निर्णय गरेको पनि सचेतक बरालले जानकारी दिएकी छन ।

त्यसबाहेक संघीय सांसदले पाउने १५ दिन बराबरको रकम पीडितलाई सहयोग गर्ने निर्णय गरेको पनि बरालको भनाइ छ । बैठकमा दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थिति र आफूले राखेको धारणाबारे सामान्य जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us