नख्खु खोलामा उद्धार गर्न सरकार पुगेको थियोः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ असोज १५ गते १३:११ मा प्रकाशित

काठमाण्डु, १५ असोज– गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको जानकारी दिएका छन ।

आज (मंगलबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जानकारी दिएका हुन । बाढीले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता छन ।

उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको गृहमन्त्री लेखकले जानकारी दिएका छन । समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने, ‘अघि चित्रबहादुर केसीले बाहिर नख्खु खोलाको बारेमा सोध्नु भएको थियो, त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगेर रेस्क्यु गर्ने प्रयत्न गरेको हो ।

हेलिकप्टरबाट पनि उद्धार गर्ने कोसिस गरेको हो । सरकार त्यहाँ नपुगेको भन्ने होईन । म अहिले पनि सबै प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्कमा छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us