एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान–अवतरण

काठमाण्डु टुडे २०८१ असोज १५ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, १५ असोज– हिजो सोमबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान तथा अवतरण भएका छन । आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएको विमानस्थल कार्यालयले स्रोतले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएको विमानस्थल कार्यालयले स्रोतले जानकारी दिएको छ । आज मंगलबारका लागि आन्तरिकतर्फ हेलिकप्टर बाहेक १६९ अवतरण र १७२ उडान तालिका तय गरिएको छ ।

अन्तर्राष्ट्रियमा ५८ उडान र ५७ अवतरण हुने बताइएको छ । वर्षाले गर्दा अधिकांश राजमार्ग अवरुद्ध भएकाले यात्रुले हवाई उडान रोजेका छन् ।

यसले गर्दा आन्तरिक उडानका लागि बिहीबारसम्मका टिकट लगभग बिक्री भएको एयरलाइन्स कम्पनीहरूले जानकारी दिएका छन । सबै गन्तव्यका उडान पूर्ण क्षमतामा भइरहेको बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us