५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने एमालेको निर्णय

काठमाण्डु टुडे २०८१ असोज १५ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, १५ असोज– सत्ता रुढ दल एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आज (मंगलबार) बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका छन ।

उनले भने, ‘‘एमालेले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र सांसदहरूको १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us